Logo

कृषि / सहकारी

लक्ष्मी लघुवित्तले बोलायो साधारण सभा



काठमाडौँ ।

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीले मंसिर १० गते काठमाडौंको अग्रवाल भवन कमलपोखरीमा भर्चुअल माध्यमबाट१० औं वार्षिक साधारण डाकेको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट २७.३७ प्रतिशत लाभांश शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट हाल कायम चुक्तापूजी ३२ करोड ४५ हजारको आधारणमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्राप्तका लागि कात्तिक ३० गतेनै एक दिनका लागि बुक क्लोज गरिसकेको छ । जसअनुसार कात्तिक २९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने सक्नेछन् ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह