Logo

Sub-banner

क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाउने भारतको तयारी


GDP नेपाल
   ९ मंसिर २०७८, बिहिबार


एजेन्सी ।

भारतले क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउने भएको छ ।

भारत सरकारले आगामी हिउँदे अधिवेशनमा एक विद्येयकमार्फत क्रिप्टोकरेन्सीमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, सरकारले प्रतिबन्ध लगाउ तयारी गरिरहेको सूचना फैलिएसँगै भारतीय बजारमा क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट आएको छ ।

भारतको केन्द्रीय बैंकले क्रिप्टोकरेन्सीप्रति नकरात्मक दृष्टिकोण राखेको विज्ञहरुले बताउँदै आएका छन् । केन्द्रीय बैंकले सन् २०१८ मा क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाएको थियो । गत वर्षको मार्चमा सर्वोच्च अदालतको एउटा फैसलाले प्रतिबन्ध उल्टाइदिएको थियो ।

प्रकाशित : ९ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह