Logo

Sub-banner

लैंगिक हिंसा र बालविवाहविरुद्ध जोन्टा क्लब अफ काठमाडौंकाे अभियान सुरु


GDP नेपाल
   १० मंसिर २०७८, शुक्रबार


बाल–विवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै जोन्टा क्लब अफ काठमाडौंले आजबाट लैंगिक हिंसाविरुद्ध अभियान शुरु गरेको छ।

यो अभियान संयुक्त राष्ट्रसंघको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ – डिसेम्बर १०) सँगै शुरु हुँदैछ।

जोन्टाले ‘कहिलेकाँही होइन, कहिले पनि हुँदैन’ भन्ने सन्देश दिने गरि ४ वटा शर्ट फिल्महरु बनाएको छ। यी शर्ट फिल्महरुले हिंसा, उत्पीडन र बाल–विवाह कहिल्यै पनि सहनुहुँदैन र यसको विरुद्धमा बोल्नैपर्छ भनेर सन्देश दिन खोजेको जोन्टा क्लब अफ काठमाडौंको अध्यक्ष सीमा गोल्छाले जानकारी दिइन्।

उनले भनिन्, ‘हामी आशा गर्दछाैँ, यी भिडिओहरुले पीडितहरुलाई सहयोग माग्न हौसला दिनुको साथै सुरक्षित रुपमा सहयोग लिन सकिने ठाँउहरुको बारेमा जानकारी दिनेछन्।’

यससँगै जोन्टाले अभियानको एक हिस्साको रुपमा काठमाडौंको विभिन्न सार्वजनिक स्थलहरुमा डिसेम्बर १ देखि सडक नाटक पनि प्रदर्शन गर्दैछ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह