Logo

Banner-news

कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर फरक हुनुपर्ने चामल उद्योग संघकाे माग


GDP नेपाल
   १४ मंसिर २०७८, मंगलबार


काठमाडौँ ।

नेपाल चामल तेल, दाल, उद्योग संघले कृषि उत्पादनको कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर दुई तहको हुनुपर्ने माग राखेकोे छ । संघका अध्यक्ष डा. सुवोध कुमार गुप्ता नेतृत्वको टोलीले आज अर्थ सचिव मधुकुमार मरासिनी, उद्योग बिभागका महानिर्देशक जिवलाल भुसाल, बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देश प्रेमकुमार श्रेष्ठसँग भेटघाट गर्दै विभिन्न मागसहितको ज्ञापनपत्र बुभाएको छ । सो टोलीले सह उत्पादन विदेश निकासी गर्दा कर छुट हुनुपर्ने माग समेत राखेको छ ।

त्यस्तै, बैँकहरुले चामल, तेल र दाल उद्योगमा लगाएको ऋृषलाई कृषिमा लगानी गरेको भन्दै भ्रम फैलाएको संघले बताएको छ । सो मागपत्रमा बैँकहरुले चामल, तेल र दाल उद्योगलाई एग्रो बेस उद्योगमा राखी ऋण सुविधा दिए मात्र कृषिमा लगानी गरेको भन्न मिल्ने बताइएको छ । त्यस्तै, ज्ञापनपत्रमा चामल आयातलाई निरुत्साहित गरी किसानको सहयोगका लागि हातेमालो गर्न सरकारसमक्ष आग्रह गरिएको छ । टोलीले बुझाएको पत्रमा चामलमा लाग्दै आएको ८% आयात शुल्कलाई १५ %गर्नु पर्ने अथवा उद्योगले धान आयात गर्दा लाग्दै आएको ५%आयात शुल्कलाई १% गर्नु पर्ने माग राखेको छ । यसो गर्दा देशको ब्यापारघाटा कम हुने र बन्द भएका चामल उद्योग पूनः संचालन हुने उद्योगले विश्वास लिएको छ ।

त्यस्तै, चामल सम्बन्धि विभिन्न माग अघि राख्दै टोलीले नेपाली बासमती चामल निर्यात खुला हुनु पर्ने माग समेत राखेको छ । नेपालमा बिभिन्न माध्यमबाट आयात हुने खाद्यबस्तुको मूल्य र गुणस्तर जांच गरी आायातकर्ताको नाम, ठेगाना र नेपालको सम्पर्क नम्बर, ब्याच नं., तौल, उत्पादन मिति, लेवल अनिबार्य उल्लेख हुनु पर्ने टोलीले जनाएको छ ।

संघले तोरी तेल मूल्य अभिवृद्धि करमा दुई तहकोे ब्यवस्था गर्न माग गरेको छ । स्वदेशी तेल उद्योगलार्ई बचाउन बाहिरबाट आयात हुने तेलमा ५% मूल्य अभिवृद्धि कर लगाउन माग गरिएको छ भने तोरीको गेडा आयातमा लाग्दै आएको ५५ भन्सार दर परिमार्जन गरी १५ कायम गर्न माग गरिएको छ । संघका अनुसार तोरी आयातमा ५% आयात शुल्क, तेलमा १३ % मूल्य अभिवृद्धि कर हुंदै १८ %कर लाग्ने हुँदा प्रति भारतको भन्दा प्रति किलो लगभग रु. १० रुँपैया फरक पर्ने हुँदा नेपालमा अनाधिकृत तेलको व्यपारले प्रोत्साहन पाईरहेको बताइएको छ ।

त्यस्तै दाल गेडागुडी सम्बन्धि तयारी र कच्चाको भन्सारदर फरक हुनुपर्ने माग गरिएको छ । सरकारको प्रतिबद्दता अनुरुप २ तहमा गेडागुडी आयात भन्सारदर १० प्रतिशत र कच्चा दाल आयातमा ५% भन्सार दर हुनुपर्ने माग राखिएको हो । यस्तै, दाल निकासीमा लाग्दै आएको निकासिकर प्रति के.जी १ रुपैँयाले घटाउनु पर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । त्यस्तै, मुसुरो लगाएतका नेपाली दाल बिदेश निकासी गर्दा सरकारले दिंदै आएको ४% निकासी सुबिधा बन्द गर्दा ्प्रतिस्पर्धा गर्न नसकी बंगलादेश निकासी हुन छोडेको संघले जनाएको छ । जसका कारण नेपालमा मुसुरोको उत्पादनमा नै कमी आएको बताउँदै संघले निकासी सुविधा पुन सञ्चालन गर्न माग राखेको छ ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह