Logo

कृषि / सहकारी

घोडीघोडा लघुवित्तले बोलायो साधारण सभा


GDP नेपाल
   १५ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

घोडीघोडा लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । संस्थाले पुस १० गते होटल रुबस, धनगढी कैलालीमा वार्षिक साधारण सभा बोलाएको हो ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । साथै, चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ । युनिक नेपाल लघुवित्तसँग मर्जर प्रक्रियामा रहेका कारण २०७७ कात्तिक २३ गतेदेखि नै घोडीघोडाको सेयर कारोबार रोक्का छ । तसर्थ, २०७७ कात्तिक २२ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित : १५ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह