Logo

Banner-news

बढ्दै ओमिक्रोनको त्रास, दक्षिण अफ्रिकासहित ९ देशका नागरिकलाई नेपाल प्रवेशमा रोक


GDP नेपाल
   १७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

दक्षिण अफ्रिकामा देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विभिन्न देशमा फैलिने क्रम बढेपछि सरकारले अफ्रिकासहित केही देशबाट नेपाल प्रवेशमा रोक लगाएको छ ।

सरकारले सुरक्षा नीति अपनाउँदै दक्षिण अफ्रिकासहित बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी, मोजाम्बिक, मलावी र हङकङबाट नेपाल प्रवेशमा रोक लगाएको हो । कोरोनाविरुद्धको बुस्टर डोज लगाइसकेको अमेरिकामा समेत ओमिक्रोनका नयाँ संक्रमितहरु फेला परिरहेका छन् । यस्तै, छिमेकी देश भारतमा समेत ओमिक्रोनका संक्रमित भेटिएपछि सिमा नाकाको आवतजावतमा कडाईं गरिएको छ ।

सरकारले प्रतिबन्धित मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउनेजाने गरेका यात्रुलाई समेत नेपाल प्रवेशमा रोक लगाइएको छ । दक्षिण अफ्रिकाबाट सुरु भएको यस भेरियसन्ट हालसम्म एसीया, यूरोप लगाएतका मुलुकमा देखिसकेको छ । जनजीवनलाई सामान्य राख्ने उद्देश्यले अर्को आदेश नभएसम्मका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकारबमोजिम सरकारले यसअघि नै आदेश जारी गरिसकेको छ । तयस्तै, सरकारबाट आदेश जारी हुँदाका बखत ती मुलुकमा ट्रान्जिटमा रहेका सम्पूर्ण यात्रु नेपाल आगमनपछि आफनै खर्चमा अनिवार्यरूपमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ ।

यससँगै सरकारले ओमिक्रोन संङ्क्रमण जोखिम भएका मुलुकबाट नेपाल भ्रमणमा आउने यात्रुलाई समेत अनअराइभल भिसा नदिने निर्णय गरेको छ ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह