Logo

Sub-banner

२४ घण्टामा देशभर थप २४६ जनामा कोरोना संक्रमण, मृतकको संख्या शून्य


GDP नेपाल
   १७ मंसिर २०७८, शुक्रबार


काठमाडौँ । 

पछिल्लो २४ घण्टामा देशभर थप २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वासथ्य तथा जनस.ख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय जनाको पिसिआर परीक्षण गर्दा २ सय २३ र १४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, सोही अवधिमा थप ३ सय ४७ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट मृत्यु हुनेको संख्या भने शून्य रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय २१ रहेको छ । तीमध्ये ६ हजार ५ सय ७९ जना होम आइसोलेसनमा छन् भने ३ सय ४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

अहिले आइसियुमा १ सय ७ र भेन्टिलेटरमा ३४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : १७ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह