Logo

Banner-news

दुगड समूहको स्वस्तिक आयल इण्डष्ट्रिजलाई उत्कृष्ट निर्यात कम्पनीको सम्मान


GDP नेपाल
   १९ मंसिर २०७८, आइतबार


काठमाडौँ ।

के.एल. दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लि लाई मोरङ व्यापार संघले उत्कृष्ट निर्यात कम्पनीको रुपमा सम्मान गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइ उत्कृष्ट निर्यातकर्ता भएको जनाउँदै इण्डष्ट्रिजलाई मोरङ व्यापार संघले सम्मान गरेको हो । संघको ६५ औँ वार्षिक साधारण सभाको समुदघाटन समारोहको अवसरमा अर्थमन्त्री जनार्दन शर्माबाट स्वस्तिक आयलका संचालक विकास दुगडलाई सम्मान प्रदान गरिएको हो ।

स्वस्तिक आयलले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तेलहरु उत्पादन गरि बिक्रि–वितरण गर्दै आईरहेको छ ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह