Logo

Sub-banner

साञ्जेन जलविद्युतले डाक्यो साधारण सभा


GDP नेपाल
   १९ मंसिर २०७८, आइतबार


काठमाडौँ ।

साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले ११औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पौष १३ गते, मंगलबार, स्मार्ट क्याफे, धुम्बाराहीमा साधारण सभा बालाएको हो ।

सभामा आर्थिक वर्ष २०७७।७८ को वार्षिक प्रतिवेदनको प्रस्तुत गर्ने र सो उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ अषाढ मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७७/७८ को नाफारनोक्सान हिसाव , नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को हिसाव किताव लेखापरिक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ । त्यसैगरी, साधारण सभा प्रयोजनका लागि कम्पनीले पौष ५ गतेदेखि पौष १३ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह