Logo

Sub-banner

थप २०५ जनामा कोरोना संक्रमण, एकको मृत्यु


GDP नेपाल
   १९ मंसिर २०७८, आइतबार


काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ९९५ नमुनाको पिसिआर विधिबाट परीक्षण गर्दा दुई सय र एन्टिजेन विधिबाट दुई हजार ७५२ नमुनाको परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार यस अवधिमा ४३६ संक्रमित निको भएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ५०७ रहेको छ ।

प्रकाशित : १९ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह