Logo

Sub-banner

चौध लाख मात्रा मोडर्ना खोप ल्याइँदै


GDP नेपाल
   २३ मंसिर २०७८, बिहिबार


कोरोना भाइरसविरुद्धको मोडर्ना खोपको १४ लाख मात्रा आज ल्याइने भएको छ ।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मोडर्ना खोपको मात्रा ल्याउन लागिएको जानकारी दिनुभयो । उक्त खोप कतार एयरवेजबाट दिउँसो पौने तीन बजे काठमाडौँ आइपुग्ने छ । बुधबार कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिसिल्ड खोप भारतबाट ल्याइएको थियो । मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ ।

यही मङ्सिर २६ गते थप १९ लाख ६५ हजार मोडर्ना खोपको मात्रा ल्याउन लागिएको चौरसियाले बताउनुभयो । केही दिन अघि मात्र एक लाख ८४ हजार ४०० मोडर्ना खोपको मात्रा ल्याइएको थियो । नेपालमा अहिलेसम्म खरिद गरेर, अनुदान र कोभ्याक्समार्फत दुई करोड ७९ लाख खोपको मात्रा ल्याइएको छ । सरकारले बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको विभागले जनाएको छ ।

प्रकाशित : २३ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह