Logo

Sub-banner

मंगलम् इन्डस्ट्रिजको प्लम्बर्स मिट सम्पन्न



काठमाडौं । 

मंगलम् इन्डस्ट्रिजले देशको विभिन्न ठाउँँमा प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।नेपालगन्जबाट सुरु भएकोे यो प्लम्बर टेक्निसियनस भेटघाट कार्यक्रम मङ्सिर महिना भरि इटहरी, पोखरा र काठमाडौंमा आयोजना भएको थियो। अहिलेसम्म कार्यक्रममा लगभग १००० प्लम्बरहरुको सहभागिता रहेको आयोजक मंगलम् इन्डस्ट्रिजले बताएको छ ।

यस उद्योगमा भइरहेको नयाँ प्रगतिहरुको बारेमा जानकारी गराउँदै पाइपिङ उद्योगमा सकृय प्लम्बरहरुलाई एक–अर्कासँग भेटघाट गराउने, सुचना आदान–प्रदान गर्ने र प्लम्बरहरु बीचको आपसी सम्बन्धलाई प्रगाढ बनाउने उद्धेश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको आयोजक मंगलम इन्डस्ट्रिजले बताएको छ ।

कार्यक्रममा मंगलम् इन्डस्ट्रिजको बारेमा बिस्तृत जानकारी प्रस्तुत गरिनुको साथै नयाँँ योजना तथा अफरहरुको बारेमा पनि जानकारी गराइएको थियो । उक्त कार्यक्रममा हाजिरीजवाफ, नृत्य, लक्कीड्र,उपहार वितरण लगायत अन्य मनोरन्जनात्मक क्रियाकलापहरु पनि समावेश गरिएको थियो । यसको साथै कम्पनीको नयाँँ उत्पादन रेन प्रोको बारेमा पनि जानकारी दिइएको थियो । रेनप्रो बर्खा यामको पानी संकलन र निस्कासनको लागि प्रयोग हुने पाइप हो ।
आउँदो महिनाहरुमा देशका अन्य शहरहरुमा पनि यस्तो कार्यक्रम सन्चालन गर्ने योजना रहेको आयोजकले जनाएको छ ।

पाइप्स र फिटिङ्स निर्माण सामाग्री उत्पादनमा नेपालकै अग्रणी उद्योग हुने लक्ष्यको साथ सन २००९ मा स्थापना भएको मंगलम् पाइप्स नेपालकै पहिलो ऋएख्ऋपाइप र फिटिंग्स् उत्पादक तथा निर्यातकर्ता हुनुको साथै सबैभन्दा ठुलो पुर्वाधार लगानी भएको पाइपिङ उद्योगहरु मध्ये एक पनि हो ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह