Logo

Sub-banner

यातायात साधन सञ्चालन गर्न अनुमति



कालिकोट ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति दिएको छ । कर्णाली राजमार्गदेखि कर्णाली करिडोरका सहायक मार्गमा यातायात सञ्चालन गर्न अनुमति दिएको हो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली राजमार्ग र कर्णाली करिडोरबाट यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि अबका दिनमा जिल्ला सदरमुकाम मान्म, सुर्खेत र नेपालगञ्जलगायत ठाउँबाट मजौला खालका सवारी साधन सिधैँ गाउँ–गाउँमा पुग्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले यातायात समितिका पदाधिकारी, राजनितिक दल, सरोकारवालासँग छलफल गरेर जिल्लाको सदरमुकाम मान्मदेखि शुभकालिका गाउँपालिकाको भर्ता, नरहरिनाथ गाउँपालिका–८ र ९ लालु, वडा नं १,२ र ३ कोडवाडा–कुमालगाउँ, सान्नी त्रिवेणी गाउँपालिका–६, ७ मेहलमुडी, घाटाचौर, पलाँता गाउँपालिका, रास्कोट नगरपालिकाका स्थानीय सडकमा सार्वजनिक यातायातका साधन सञ्चालनका लागि अनुमति दिने निर्णय गरेका छन् ।

नरहरिनाथ गाउँपालिका, रास्कोट नगरपालिका, पलाँता गाउँपालिका र शुभकालिका गाउँपालिकामा यातायातका साधन सञ्चालनको अनुमति नहुँदा यात्रुले सास्ती खेप्नुपरेको र यात्रुलाई सिधैँ गाउँ–गाउँमा पुग्न सजिलो होस् भनेर साना तथा मझौला खालका यातायातका साधन सञ्चालनका लागि अनुमति दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताउनुभयो ।

कर्णाली करिडोरको खुलालु पुल बनेको र सुर्खेत, नेपालगञ्ज, मान्मलगायतका ठाउँबाट सिधैँ कर्णाली करिडोरमा गाडी सञ्चालन गरेपनि वैधानिक रुपमा यातायातका साधन सञ्चालन हुनसकेको थिएन् । शुभकालिका गाउँपालिका, नरहरिनाथ गाउँपालिका, रास्कोट नगरपालिका र पलाता गाउँपालिकामा नियमित रुपमा यातायात सञ्चालन गर्ने अनुमति दिइएको र बिहान गाडी छुट्ने र बेलुकी सोही गतव्यमा फर्किने गरी यातायातका साधन सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

प्रकाशित : २७ मंसिर २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह