Logo

कृषि / सहकारी

झापामा चार विघाको धान नष्ट


GDP नेपाल
   २ पुस २०७८, शुक्रबार


झापाको गौरीगञ्जका एक किसानको चार बिघामा फलाएको धान जलेर नष्ट भएको छ ।

गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका राजन महतोले काटेर राखेको धानको थुप्रोमा गए राती आगलागी भएको हो । आगलागीबाट सम्पूर्ण धान जलेर नष्ट भएको छ । इलाका प्रहरी कार्यालय गौरीगञ्जको प्रहरी टोली तथा स्थानीयवासी मिलेर आगो निभाएका प्रहरी निरीक्षक राकेश रेग्मीले जानकारी दिनुभयो ।

धान काटेर चुट्न राखेको थुप्रोमा आगलागी भएको हो । आगलागीबाट रु दुई लाख ५० हजारभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह