Logo

घुमफिर

पर्यटकमैत्री सवारीका लागि दुई सय चालकलाई तालिम, ५ सय गाडीमा स्टिकर


५ पुस २०७८, सोमबार


काठमाडौं । नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा २०० पर्यटक सवारी चालकलाई २ दिने तालिमको आयोजना गरेको छ ।

पर्यटक ट्याक्सी, बस र रिक्सा चालकहरुलाई कोभिडका समयमा सुरक्षित यात्राका लागि अपनाउनु पर्ने विधि, आतिथ्यता, म्याप पढ्ने तरिका, ट्राफिक सचेतनाका विषयहरुमा तालिम दिइएको थियो ।

बोर्डले पर्यटन क्षेत्रका अग्रपंक्तिमा बसेर काम गर्नेहरुलाई पूनर्ताजगी गर्ने उद्देश्य बमोजिम आयोजित अभिमुखिकरण तालिमको उद्घाटन नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले गरे ।

होटल संघ नेपालको प्रथम उपाध्यक्ष विनायक शाह, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट्सका वरिष्ठ उपाध्यक्ष विनय वस्नेत, गैह« आवासिय संघ युरोप क्षेत्र संयोजक सोम सापकोटा, पर्यटक बस यातायात संघका प्रतिनिधिहरु उद्घाटन र समापन कार्यक्रममा सहभागी थिए ।

पर्यटकहरुलाई यात्राका दौरान चाहिने अत्यावश्यक पर्यटक प्रहरीको नम्बर र नेपाल पर्यटन बोर्डको वेभसाइटको विवरण भएको स्टिकरलाई यही अवसरमा ५०० सवारीमा टाँस्ने अभियान यही अवसरमा सुचारु गरियो ।

बोर्डका वरिष्ठ निर्देशक ऐरले पर्यटक गाडीमा टाँसिएको स्टिकरले पर्यटकमा भ्रमणमा सकारात्मक हुने वातावरण बनेको बताए । नेपाल पर्यटन बोर्डले वार्षिक क्यालेण्डरमा अग्रपंक्तिमा खटिएर काम गर्नेहरुलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइरेहेको छ ।

प्रकाशित : ५ पुस २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह