Logo

कृषि / सहकारी

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स नेशनल पेमेन्ट स्वीचमा आबद्ध



काठमाडौँ ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ती एनसीएचएल र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.बीच औपचारिक रुपमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.का प्रमुख कार्यकारी अधिकृतराजेश कुमार श्रेष्ठ तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

यस सम्झौता अनुरुप गुहेश्वरी मर्चेण्ट बैंकिङ्गले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, विभिन्न भुक्तानीका लागि बिलर गेटवे मार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन् । उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइका मार्फत फाइनान्सले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।

हाल नेशनल पेमेन्ट स्वीचमा ३५ वटा बैंक/वित्तिय संस्था र ३ भुक्तानी प्रणाली प्रदायक गरी जम्मा ३८ वटा संस्था आबद्ध रहेका छन् ।

प्रकाशित : ६ पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह