Logo

Sub-banner

सुर्खेत सभाहललाई बजेट अभाव



बजेट अभावका कारण सुर्खेत सभाहलको दोस्रो चरणको निर्माणकार्य प्रभावित भएको छ । वीरेन्द्रनगरस्थित निर्माणाधीन सभाहल आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्थापन नहुँदा निर्माणकार्य प्रभावित हुनपुगेको हो ।

सङ्घीय आयोजना कार्यान्वयन एकाइ सुर्खेतले साना–ठूला तीनवटा हलको सिट व्यवस्थापनमा कम्तीमा रु छ करोड लागत अनुमान गरेको छ । तर सहरी विकास तथा निर्माण विभागले चालू आर्थिक वर्षमा रु एक करोड ५० लाख मात्र बजेटको अख्तियारी पठाएको छ । जसले गर्दा आयोजनालाई दोस्रो चरणका काम अघि बढाउन समस्या परेको छ । एकाइका आयोजना प्रमुख अमरबहादुर थापाले बजेट अपुग भएका कारण ठेक्का आह्वान गर्न नसकिएको बताउनुभयो । “विभागसमक्ष नयाँ प्राविधिक स्टिमेटसहित आवश्यक बजेट माग गरेका छौँ”, उहाँले भन्नुभयो, “यदि माग स्वीकृत नभए बाँकी संरचना बहुवर्षीय योजनाका रूपमा कार्यान्वयन गरिनेछ ।”

समानान्तर÷चक्रेश्वरी शिवशक्ति जेभीले रु २३ करोड लागतमा पहिलो चरणमा बहुउद्देश्यीय सभाहल, बैठक कक्ष, शौचालय, पर्खाल निर्माणका साथै खानेपानी र विद्युत् जडान कार्य पूरा गरेको हो । ८५० सिट क्षमता भएको ठूलो हल, १५० सिट क्षमता भएका साना दुई हल छन् । अब ती हलमा फर्निचर व्यवस्थापनको काम बाँकी छ ।

साढे तीन बिघा क्षेत्रफलमा फैलिइएको सभाहलको निर्माणकार्य आव २०७३/७४ देखि सुरु गरिएको हो । भूकम्प प्रतिरोधी सभाहलसहित प्रशासनिक भवन, अपाङ्गमैत्री संरचना र करिब ४०० सवारीसाधन पार्किङ गर्न सकिने सुविधा रहेको आयोजनाले जनाएको छ । यो कर्णाली प्रदेशकै सबैभन्दा ठूलो र पहिलो सुविधासम्पन्न सभाहल हो ।

प्रकाशित : ८ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह