Logo

Sub-banner

जापानी प्रधानमन्त्रीद्वारा २०२२ मा ज्याला वृद्धि गर्न आह्वान



जापानी प्रधानमन्त्री फुमियो किशिदाले बिहीबार आफ्नो सम्पत्ति वितरणको नीतिगत लक्ष्य अनुसार अर्को वर्षको शुरुमा वार्षिक श्रम(व्यवस्थापन वार्ता अघि ज्याला वृद्धि गर्न आह्वान गर्नुभएको छ।’मजदुरी बढाएर (सम्पत्ति) बाँडफाँड गर्नु भनेको भविष्यमा लगानी गर्नु हो,’ किशिदाले औपचारिक रूपमा जापान बिजनेस फेडरेशन भनेर चिनिने केइदानरेनको बैठकमा उक्त टिप्पणी गर्नुभएको हो।

अक्टोबरमा पदभार ग्रहण गरेका प्रधानमन्त्रीले आफ्नो नयाँ पुँजीवादमा बलियो मध्यम वर्ग निर्माण गर्ने वाचा गर्नुभएको थियो । त्यसका लागि ज्याला वृद्धिको गतिलाई प्रमुख कामको रूपमा लिनुभएको छ ।

उहाँले प्रि-प्यान्डमिक स्तरमा फर्केका कम्पनीहरूको ४ प्रतिशत भन्दा बढी तलब वृद्धि गर्न आह्वान गर्दै आउँनुभएको छ।

प्रकाशित : ८ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह