Logo

Banner-news

चितवनमा माघ ५ देखि ८ गतेसम्म ‘पाचौं राष्ट्रिय कृषी यान्त्रीकरण प्रदर्शनी–२०७८’ हुँदै


GDP नेपाल
   १३ पुस २०७८, मंगलबार


कृषि व्यवसायीहरुको छाता संगठन नेपाल कृषि मेसिनरी व्यवसायी महासंघ (नामिया) ले “कृषि यान्त्रीकरणमा वृद्धि, व्यवसायीक कृषि विकास र समृद्धि” भन्ने मूल नाराका साथ ‘पाचौँ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शन-२०७८’ को आयेजना गर्ने भएको छ । नेपालको कृषि यान्त्रिकरणमा टेवा पुर्‍याउने उदेश्यले वि.स २०७१ मा स्थापना भएको यस संघले आगामी माघ ५ देखि ८ गतेसम्म चितवनको भरतपुरस्थित एक्स्पो सेन्टर हलमा यान्त्रीकरण प्रदर्शनको तयारी गरेको हो ।

मंगलबार काठमाडौँमा भएको पत्रकार सम्मेलनमार्फत नामियाका अध्यक्ष खोजराज कटुवालले यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनीक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउ विजन, आधुनीक सिँचाईलगाएतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरुको सहभागिता रहने जानकारी दिएका छन् । त्यस्तै, पहिलो पटक नेपालमै उत्पादन भएका कृषि औजार तथा उपकरणलाई ‘मेड इन नेपाल पेभिलियन’ अन्तर्गत ५० प्रतिशत सहुलियतमा स्टलहरु प्रदान गरिने कटुवालले बताएका छन् ।

आयोजकका अनुसार १५० भन्दा बढी स्टलहरु रहने यस कार्यक्रममा २० भन्दा बढी मुलुकका दुई हजार भन्दा बढी प्रकारका उपकरण तथा कृषि औजारहरु प्रदर्शन गरिने छ । प्रदर्शनमा २० करोड भन्दा माथिको कारोबार हुने अपेक्षा राखिएको छ ।

त्यस्तै, प्रदर्शनको मुख्य उदेश्य भनेको विभिन्न पेशागत समूलगाएत विद्यार्थी आदिलाई एकै थलोमा कृषि सम्बन्धि आधुनिक प्रविधि, औजार र उपकरणका बारेमा जानकारी , आन्तरिक बजार प्रवद्र्धनमा योगदान, कृषक र व्यवसायीबीच कार्यगत समन्वयन र लगानीको अवसर सिजृना गर्ने रहेको आयोजक पक्षले जनाएको छ ।

शलोम एग्रीकल्चरको मुख्य प्रायोजनमा हुन लागेको यस प्रदर्शनका मुख्य आयोजकहरु कृषि तथा पशुपन्त्री मन्त्रालय, कृषि विभाग, कृषि पूर्वाधार विकास तथा कृषि यन्त्रीकरण प्रवद्र्धन केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना र नेपाल मेशिनरी व्यवसायी संघ रहेका छन् । यस्तै, कृषि उद्यम केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद्, चितवन उद्योग संघ, कृषि सहकारी केन्द्रिय संघ र आ एण्ड डी इन्नोभेटिभ सोलुसन सहयोगी संस्थाहरु रहेका छन् ।

प्रकाशित : १३ पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह