Logo

Banner-news

पुनरूत्थानमा महासंघको सिंगो सञ्जालनै परिचालित हुनुपर्ने बेला आएको छः अध्यक्ष गोल्छा


GDP नेपाल
   १४ पुस २०७८, बुधबार


काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पुनरूत्थानमा महासंघको सिंगो सञ्जालनै परिचालित हुनुुपर्ने बेला आएको बताएका छन् । वस्तुुगत संघका नव निर्वाचित पदाधिकारीहरूको स्वागत एवं वधाई कार्यक्रम गोल्छाले सो कुरा बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष गोल्छाले उद्योग व्यवसायको पुनरूत्थानमा महासंघको सिंगो संजालनै परिचालित हुनुुपर्ने बेला आएको बताउँदै वस्तुुगत संघका नवनिर्वाचित पदाधिकारीहरूलाई पनि यसतर्फ क्रियाशिल हुुन आग्रह गरे ।

कार्यक्रममा एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपाल, नेपाल कोरोगेटेड बक्स उत्पादक संघ, नेपाल कुुरियर सेवा संघ, फुुटवेयर म्यानुुफ्याक्चर्र्स एसोसिएसन अफ नेपाल, नाडा अटोमोवाइल्स डिलर्स एसोसिएसन अफ नेपाल, नेपाल कृषि मेशीनरी व्यवसायी संघ, नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन, नेपाल जडीवूटी उत्पादक संघ, नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघका नव निर्वाचित अध्यक्ष एवं पदाधिकारीहरूलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल कोरोगेटेड बक्स उत्पादक संघका अध्यक्ष सुकृतराज पराजुलीले प्याकिङ बक्समा आत्मनिर्भर भएपनि आयातित बक्सबाट नेपाली उत्पादनलाई समस्यामा परेको बताए ।

फुटवेयर म्यानुफ्याक्चर्र्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले जुत्ता उद्योगहरूका लागि दक्ष जनशक्तिको अभाव भएकाले नियमित रूपमा तालीम दिने केन्द्रहरू संचालनमा ल्याउनु पर्ने सुझाव राखे।

यस्तै नाडा अटोमोवाइल्स डिलर्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुब बहादुर थापाले एलसीमा ५० प्रतिशत मार्जिन राख्नुुपर्ने नीतिले समस्या ल्याएको, भंसार सन्दर्भ मूल्य सूची र कालोवजारी ऐनका कारण अटोमोवाइल्स व्यवसायीले दुःख पाइरहेको बताए । एसकेयू सहित भ्याट बुुझाउन गाह्रो भएको र यसले मिसम्याचको समेत समस्या ल्याउन सक्ने हुंदा यसलाई हटाउनु पर्ने, भेइकल स्टकमा रहँदा वार्षिक शुल्क÷करका सम्बन्धमा अव्यवहारिक नीति हटाउनु पर्ने सुझाव राखे ।

नेपाल कृषि मेशीनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले मल्चिङ प्लाष्टिक, थोपा सिंचाईको पाइप तथा फलाम तथा पाइपहरूबाट बनेका ग्रिन हाउस संरचनाहरू नेपालमै उत्पादन सुरु भई बजारीकरण भई सकेकाले यी सवै स्वदेशी उत्पादनहरूलाईनै प्रवद्र्धन गर्ने नीति सरकारको हुनुपर्ने सुझाव दिए ।

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनका मनोज अधिकारीले एयर कार्गोको आवागमन सहज बनाउनु पर्ने बताए ।नेपाल जडीवूटी उत्पादक संघका अध्यक्ष प्रेमराज तिवारीले जडीवूटीमा ठूला लगानीकर्ताहरू पनि आउनुुपर्ने, जडीवूटीमा नयां नयां प्रविधि भित्रयाउन पहल गर्नुपर्ने सुझाव दिए ।

नेपाल उनी फेल्ट उत्पादक तथा निर्यातक संघका अध्यक्ष नरेशलाल श्रेष्ठले आयात निर्यात बीचको फासला घटाउनु बताए ।

प्रकाशित : १४ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह