Logo

Sub-banner

हिमपातले मध्यपहाडी मार्ग अवरुद्ध


GDP नेपाल
   १४ पुस २०७८, बुधबार


मङ्गलबार रातिदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । लोकमार्गको बुर्तिबाङ–पातिहाल्ने खण्ड अवरुद्ध भएको हो । जिल्लाको निसीखोला गाउँपालिका–६ सिपमा दुई फिट भन्दा धेरै हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुमबाट बागलुङ र बागलुङदेखि पूर्वी रुकुमका लागि छुटेका सवारीसाधन सडकमै अलपत्र परेका छन् ।

हिउँ जमेकाले सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिनुभयो । भारी हिमपातले  मानवीय क्षति नभएको उहाँले बताउनुभयो ।

प्रकाशित : १४ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह