Logo

Uncategorized

बारामा तीन अर्ब ५४ करोडको अगहनी धान उत्पादन


GDP नेपाल
   १५ पुस २०७८, बिहिबार


बारामा किसानले यसवर्ष रु तीन अर्ब ५३ करोड ९४ लाख बराबरको एक लाख ४१ हजार ५७७ मेट्रिकटन अगहनी धान उत्पादन गरेका छन् ।

उत्पादित धान व्यापारीले प्रति क्विन्टल रु दुई हजार ५०० का दरले खरिद गरेका छन् । अगहनी धान उत्पादनमा गत वर्षको तुलनामा ५० प्रतिशतले कमी आएको कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो । यस वर्ष किसानले सोना मन्सुली, सावित्री, स्वर्णसवा १, सवा मन्सुली, राधा ११ र राधा ९ जातका धान ३४ हजार ११५ हेक्टरमा लगाएका थिए ।

बाली विकास अधिकृत राजकरण साहका अनुसार आर्थिक वर्ष २०७७/७८ मा किसानले अगहनी धान ३४ हजार १६५ हेक्टर क्षेत्रफलमा लगाएका थिए । प्रति हेक्टर चार दशमलव २५ मेट्रिक टनका दरले एक लाख ४५ हजार २०१ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रकाशित : १५ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह