Logo

Banner-news

नारायणहिटीबाट बतास समूहलाई हटाएरै छाड्छौँ : आले


GDP नेपाल
   २२ पुस २०७८, बिहिबार


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी सङ्ग्रहालय भित्र रेस्टुरेन्टलगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई हटाउने बताएका छन् ।

बिहिबार सञ्चारकर्मीसंगको कुराकानीमा मन्त्री आलेले बतास समूहलाई हटाउने प्रक्रिया सुरु भएको बताएका हुन् ।

‘संग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने । पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने । यो गर्दै जाँदा पुरै वातावरण नै धमिलो हुन्छ,’ आलेले भने ,’त्यसको संरक्षणको निमित्त चाहे मन्त्रीस्तरबाट होस् । चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौँ । नारायणहिटी राजदरवारको कुरा आएको हुनाले यो विषयमा मौखिक हामीले त्यो रोकेका छौँ । फेरि त्यसलाई कुन प्रक्रियाबाट हटाउन सकिन्छ भन्ने सवालमा हामी छलफलमा छौँ । ‘

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मात्र हालको अवस्थालाई धान्न नसक्ने हुँदा त्यसको विकल्पमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि अगाडि बढाउनुपर्ने कुरामा छलफल आलेले जनाएका छन् ।

प्रकाशित : २२ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह