Logo

Banner-news

पौष भित्रै आयकरको किस्ता दाखिला गर्न ठूला करदाता कार्यालयकाे आग्रह


GDP नेपाल
   २२ पुस २०७८, बिहिबार


ठूला करदाता कार्यालयले करदातालाई समयमै कर तिर्न अनुरोध गरेको छ । बिहीबार ठूला करदाता कार्यालय, ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख कर प्रशासक तथा कार्यालय प्रमुख शिवलाल तिवारीले यस्तो आग्रह गरेका हुन ।

उनले आर्थिक ऐन, २०७८ ले प्रदान गरेका छुट र सुविधाबारे बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीसँग छलफल गर्दै समयमै कर बुझाएर यसको लाभ लिन समेत आग्रह गरेका छन् । उनले भने,‘आर्थिक ऐनले, २०७८ ले प्रदान गरेका छुट तथा सुविधाहरु मध्ये विचारधिन मुद्दा फिर्ता र बक्यौता कर दाखिलाको सुविधा लिने म्याद  पौष भित्र भएकोले सुविधा तथा सहुलियत उपयोग गर्न हुन तथा समयमै आयकरको किस्ता दाखिला गर्न अनुरोध छ ।’ 

कार्यक्रममा बैंक तथा बित्तीय संस्थाहरुले कार्यालयले प्रदान गर्ने सेवा, भौचर मिलान तथा संशोधन, प्रणाली सुधार, कर परीक्षणका विषय, छुट तथा सुविधा लिने सम्बन्धमा गरिएको तयारी बारेमा आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सरकारी तथा निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत, बित्त प्रमुख र प्रतिनिधि एवम् ठूला करदाता कार्यालयका तर्फबाट प्रमुख कर प्रशासक, प्रमुख कर अधिकृतहरू तथा कर अधिकृतहरू सहभागी थिए ।

प्रकाशित : २२ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह