Logo

Sub-banner

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि


GDP नेपाल
   २३ पुस २०७८, शुक्रबार


नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको कोरोना संक्रमण पुष्टि भएको छ । आज एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका अनुसार पुस महिनामा संकलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : २३ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह