Logo

Sub-banner

त्रियुगा उद्योग वाणिज्य सङ्घकाे अध्यक्षमा विश्वकर्मा


GDP नेपाल
   २७ पुस २०७८, मंगलबार


त्रियुगा वाणिज्य उद्योग सङ्घ उदयपुरको छैटौँ साधारणसभाले सोमबार रमेस विश्वकर्माको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । सोमबार गाईघाटस्थित रामजानकी प्यालेस सभाहलमा सञ्चालन भएको साधरणसभाले विश्वकर्माको अध्यक्षतामा सर्वसम्मत १२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटले जनाएको छ ।

वरिष्ठ उपाध्यक्षमा पर्शुराम चौधरी, द्वितीय उपाध्यक्षमा नवीन बस्नेत, महासचिवमा दिनेश श्रेष्ठ, सचिवमा अनुपम अनुराग गुप्ता, कोषाध्यक्षमा टीका श्रेष्ठ चयन हुनुभएको सङ्घका संस्थापक अध्यक्ष रत्नबहादुर श्रेष्ठले बताउनुभएको छ । सदस्यमा सरोज बस्नेत, रुद्र बस्नेत, दीपेन्द्र श्रेष्ठ, वैद्यनाथ साह, हीरा साह, श्रवण चौधरी चयन हुनुभएको नवगठित समितिका अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

पाँच वर्षदेखि विभिन्न प्राविधिक कारण उक्त सङ्घको साधरणसभा हुन नसके पनि यसपटक सफल सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गर्न सफल भएको संस्थापक अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । नवनिर्वाचित अध्यक्ष विश्वकर्माले अब आफ्नो नयाँ कार्यसमितिले जिल्लाका व्यापारीका भोग्नु परिरहेका विभिन्न समस्या पहिचान गरेर समाधान गर्नेतर्फ पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित : २७ पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह