Logo

Sub-banner

यतीमा फ्लाइट बुकिङकाे भुक्तानी खल्ती मार्फत गर्दा क्यासब्याक पाइने



नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा रु.४५० को क्यासब्याक तुरुन्तै पाइने अफर ल्याएको छ । 

यो अफरको मुख्य उद्देश्य ग्राहकहरुलाई डिजिटल भुक्तानी गर्न प्रोत्साहित गर्ने र फ्लाइट बुकिङलाई सहज बनाउनु हो । फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ। बुकिङ गर्दाको बिल रकममा रु. १५० घट्नेछ भने बाँकी रहेको रु.३०० ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुनेछ। यो अफर जनवरी १३ , २०२२ देखि फेब्रुअरी १५, २०२२ सम्म मान्य हुनेछ।

फ्लाइट टिकट बुक भइ प्रयोगकर्ताहरूले आफ्नो खल्ती आईडीमा तत्काल क्यासब्याक पाउनेछन्।

यस अफरको बारेमा बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यती एयरलाइन्ससँग मिलेर काम गरी प्रयोगकर्ताहरूका लागि फ्लाइट बुकिंग र डिजिटल भुक्तानीमा सजिलो सुविधा र पहुँच पुर्याउन पाउँदा हामी धेरै उत्साहित छौं।” 

त्यसैगरी, यति एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्टले भने, “हामी खल्तीसँग सहकार्य गर्न पाउँदा र प्रयोगकर्ताहरूलाई सहज फ्लाइट बुकिङको अनुभव प्रदान गर्न पाउँदा उत्शाहित छौं।”

फ्लाइट बुकिङमा तत्काल क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले निम्न चरणहरू पालना गर्नुपर्नेछ:

१) यती एयरलाइन्सको एप डाउनलोड गरी रेजिस्टर गर्नुहोस् वा https://www.yetiairlines.com/ मा जानुहोस् ।

२) Origin, Destination, Departure date, Nationality, र Number of adults/children खोजि छनौट गर्नुहोस् |

२) आफुलाई चाहिने टिकट छनौट गरेर “Continue” मा ट्याप गर्नुहोस्।

३) सम्पूर्ण विवरण भर्नुहोस् र “Next” मा ट्याप गर्नुहोस्।

४) Khalti छनौट गरी भुक्तानी गर्नुहोस्।

प्रकाशित : २९ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह