Logo

Banner-news

देशभर थप ५ हजार ८७ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्रै थपिए २ हजार ६०७ संक्रमित


GDP नेपाल
   ३० पुस २०७८, शुक्रबार


पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४७४ पीसीआर र ७ हजार ८६ एन्टिजेन परीक्षण गर्दा ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोही अवधिमा थप ३ संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । हाल देशभर १८ हजार २३५ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडाँ उपत्यकामा मात्रै थप २ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौँमा १ हजार ९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ३० पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह