Logo

Banner-news

पशुपति धर्मशाला अनुगमनमा पुगे मन्त्री आले, भने- ‘सेभेनस्टार होटेलजस्तै रहेछ’


GDP नेपाल
   २ माघ २०७८, आइतबार


नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेम आले पशुपति धर्मशालाको अनुगमनमा पुगेका छन् ।

पछिल्लो समय नारायणहिटी दरबार संग्राहलयमा क्याफ्टेरिया सञ्चालन सम्बन्धि विवादमा तानिएको बतास समूहले सञ्चालन गरिरहेको धर्मशाला अनुगमनमा मन्त्री आले आइतबार बिहान गौशाला पुगेका हुन् । केही कर्मचारीसहित धर्मशाला निरिक्षणमा पुगेका आलेले धर्मशाला सेभेनस्टार होटेलजस्तै रहेको जनाउँदै आफू अचम्म परेको बताए।

भारू २५ करोड खर्चेर भारतको सहयोगमा निर्माण गरिएको उक्त धर्मशाला प्रक्रिया पूरा नगरी बतास अर्गनाइजेसनलाई सञ्चालनका लागि दिइएको भन्दै पर्यटन मन्त्रालयले छानबिन थालेको छ । यही सिलसिलामा मन्त्री आले निरिक्षणका लागि धर्मशाला पुगेका थिए । धर्मशाला अनुगमनपछि मन्त्री आलेले पशुपति क्षेत्र विकास कोषको सम्पत्ति छानबिन गर्न समिति समेत गठन गरिएको जनाएका छन् । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदी संयोजकत्वमा रहेको छानबिन समितिले सोमबार मन्त्री आलेसमक्ष प्रतिवेदन प्रस्तुत गर्ने छ।

‘छानबिन समितिलाई दिएको ७ दिन भोलि पूरा हुन्छ,’ उनले भने,’ भोलि प्रतिवेदन पेस हुन्छ । प्रतिवेदनका आधारमा के गर्ने भन्ने तय गर्छौं ।’

प्रकाशित : २ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह