नेपाल सरकारले अफगानिस्तानका लागि पठाएको मानवीय सहायता काबुल पुगेको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालको नेतृत्वमा पुगेको नेपाली टोलीले काबुल विमानस्थालमा सहायता हस्तान्तरण गरेको हो ।
लम्साले संयुक्त राष्ट्रसंघ महासचिव सहायक विशेष प्रतिनिधि डा. रमिज अल्कबारोभलाई १० टन मानवीय सहायता हस्तान्तरण गरेकी छन् । सहायता सामग्री संयुक्त राष्ट्रसङ्घ, यहाँस्थित महावााणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतबाट प्राप्त भएको हो । लम्साल नेतृत्वको टोली आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया