Logo

Sub-banner

पहिलो मल्पी फुटसल कप सम्पन्न, याला एफसी ब्रोजाले मार्‍यो बाजी


GDP नेपाल
   २ माघ २०७८, आइतबार


मल्पी इन्टरनेशनल कलेजले ए सीआई ई र साउदर्न क्रस युनिभर्सिटीको सहकार्यमा पहिलो मल्पी फुटसल कप सफलतापूर्वक सम्पन्न भएको छ । मल्पी इन्टरनेशनल कलेजले जनवरी ९ मा प्लस टु र स्नातकतहका विद्यार्थीहरुका लागि पहिलो एमआईसी फुटबल प्रतियोगिता आयोजना गरेको हो । 

मल्पी कलेजको स्टुडेन्ट बडी– सेन्टर अफ स्पोर्ट्स एण्ड हबीले ए सी आई ई (अन्तर्राष्ट्रिय शिक्षाका लागि सल्लाहकार केन्द्र) र अष्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटी मुख्य क्याम्पसको सहकार्यमा आयोजना भएको उक्त फुटसल प्रतियोगिताको अन्तिम चरणको खेलमा याला एफसी ब्रोजा प्रथम र टिम ए सी आई ई उपविजेता बन्न सफल भएको छ ।

यस्तै, ग्रोजा एफ सीका रोशन खड्का उत्कृष्ट खेलाडी र टिम ए सी आई ईका पंकेश भुल उत्कृष्ट गोलकिपर बनेका छन् भने आयुष कुँवर ८ गोलसहित सर्वाधिक गोल कर्ता बन्न सफल भए ।

उक्त फुटसल प्रतियोगितामा मल्पी कलेजसहित अन्य विभिन्न कलेजबाट ५० वटा टोलीले सहभागिता जनाएको थियो । सो कार्यक्रममा सोल्टी होटल्स लिमिटेड, युनाइटेड इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, फक्सवागन, एनआईबिएल एस क्यापिटल, सिद्धार्थ बैंक, कामनासेवा विकास बैंक लगायतका कम्पनीहरुको सहयोग रहेको थियो । यस्तै, कार्यक्रममा मेराकी हेल्थ सोलुसनले डाक्टर र नर्ससहित सबै आवश्यक चिकित्सा सेवाहरू उपलब्ध गराएको थियो ।

प्रकाशित : २ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह