Logo

Sub-banner

करोडौँ लागतमा निर्माण भइरहेको नगर विकास कोषको भवन चर्कियो


GDP नेपाल
   ३ माघ २०७८, सोमबार


जिल्लाको हरिवन नगरपालिका–११ मा निर्माणाधीन भवन भर्किएको छ । नगर विकास कोषको भवन निर्माण सम्पन्न नहुँदै चर्किएको हो ।

नगर विकास कोषको रु १६ करोड ८६ लाखमा उक्त भवन बन्न लागेको हो । आर्थिक वर्ष २०७५/७६ देखि उक्त भवन निर्माण थालिएको हो । आव २०७७/७८ भवन निर्माण सम्पन्न गर्ने सम्झौता थियो । ठेकेदारले कमसल सामग्री प्रयोग गर्दा भवन चर्किएको स्थानीयवासी राजकुमार उप्रेतीले बताउनुभयो ।

बिकोइ–धुलिखेन निर्माण सेवाले भवन निर्माणको ठेक्का पाएको हो । नगरपालिकाले भवन निर्माणको निरन्तर अनुमगन गरिरहेको हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसार्इंले बताउनुभयो ।

प्रकाशित : ३ माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह