Logo

Banner-news

देशभर थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण, ३ को मृत्यु


GDP नेपाल
   ३ माघ २०७८, सोमबार


पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एन्टीजेन परिक्षणमा ९८७ जना र पीसीआर परिक्षणमा ५ हजार ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै, सोही अवधिमा थप ५४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ ।

हालसम्म मृतकको संख्या ११ हजार ६२३ पुगेको छ । यस्तै, कोरोना मुक्त हुनेको कुल संख्या ८ लाख १६ हजार ९८५ पगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ३० हजार ८७७ जना संक्रिय संक्रमित रहेका छन् । जसमध्ये एक सय जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ३ माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह