Logo

Sub-banner

चनौटेमा बेलिब्रिज निर्माण अन्तिम चरणमा



हेलम्बुको चनौटे रातोपुलमा बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको श्री इञ्जिनीयरिङ विभागले पुल निर्माणको जिम्मा पाएलगत्तै दैनिक ६० जना सैन्य जनशक्तिले दुई महिना भित्रनै पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।

लम्ची खोलामा गत असार १ गते गएकोे बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका ११ वटा झोलुङ्गे पुल र ७ वटा पक्की पुल बगाएपछि एकमात्र विकल्पमा रहेको चनौटेको रातोपुलसमेत साउन १६ गते बगाएपछि त्यस भेगका झण्डै १५ हजार स्थानीय प्रत्यक्ष प्रभावित बनेका थिए ।

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसम्मको मुख्य प्रवेश मार्गसमेत रहेको चनौटे रातोपुलमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा रहेको र उद्घाटन केही दिनमा गरिने सेनाका प्राविधिक भीमसेन थापाले जानकारी दिनुभयो ।

रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्जालका रूपमा रेहेको बेलिब्रिज बनाउन अर्थ मन्त्रालयको रु ९० लाख ५३ हजारको बजेट विनियोजन गरिएको थियो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाको सडक सञ्जाल मजबुत बनाउन बेलिब्रिजले महत्व राख्ने बताउँदै पर्यटकको आवतजावतमा समेत वृद्धि हुने अनुमान गर्नुभयो ।

पुल निर्माण भएपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोते मेलम्चीका वडा ७ र ८ तथा पाँचपोखरीका १ र २ लगायतका ठाउँमा यातायात सहज हुने भएको छ ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह