Logo

Banner-news

नेपालमा कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट


GDP नेपाल
   ९ माघ २०७८, आइतबार


पछिल्लो समय नेपालमा थपिएका कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन र १२ प्रतिशतमा डेल्टा भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार पछिल्लो पटक ३२ जना संक्रमितको जीन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो। यस्तै, चार जनामा डेल्टा भेरियन्ट पुष्टि भएको हो ।

उक्त तथ्यले नेपालमा कुल संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन र १२ प्रतिशतमा डेल्टा भेरियन्टको संक्रमण देखिएको डा. अधिकारीले बताए।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह