Logo

बैंक / बिमा /शेयर

१० अर्ब बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक


GDP नेपाल
   १० माघ २०७८, सोमबार


नेपाल राष्ट्र बैंकले बोलकबोलमार्फत ‘विकास ऋणपत्र २०८० “ङ”’ नामक ऋणपत्र बिक्री गर्ने भएको छ ।

१० अर्ब बराबरको उक्त ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपली नागरिकले आवेदन दिन सक्नेछन् । २ वर्षको लागि निष्कासन गर्न लागिएको उक्त ऋणपत्र धितो राखेर ऋण निकाल्न पाइने तथा उक्त ऋणपत्रको अर्धवार्षिक रुपमा ब्याज पाइने बैंकले जनाएको छ ।

ऋणपत्रका लागि माघ ११ गते दिउँसो २ बजेसम्ममा बोलकबोल गर्न सकिने छ। नेपाल राष्ट्र बैंकले ऋणपत्र निष्कासन मिति माघ १२ गते तोकेको छ। यसैगरी सावा भुक्तानी मिति २०८० माघ १२ गते तोकिएको छ।

प्रकाशित : १० माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह