Logo

Banner-news

देशभर थप १० हजार ३१९ जनामा कोरोना संक्रमण, ४ को मृत्यु



देशभर थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २१ हजार २०१ जनामा कोरोना परीक्षण गरिएको थियो । जसमा पीसीआर परीक्षणबाट ८ हजार ५४ र एन्टिजेन परीक्षणबाट २ हजार २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोही अवधिमा चार जना संक्रमितको मृत्यु भएको छ भने २ हजार ५४० जना संक्रमण मुक्त भएका छन् । हाल देशभर कुल ८२ हजार ५५० जना सक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै ४ हजार ६७६ जनामा कोरोना संक्रमण भेटिएका छन् । काठमाडौँमा ३ हजार ६३४ , ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ३८ हजार ५८१ पुगेको छ।

प्रकाशित : १० माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह