Logo

कृषि / सहकारी

६० प्रतिशतले बढ्यो सिवाईसी नेपाल लघुवित्तको नाफा


GDP नेपाल
   ११ माघ २०७८, मंगलबार


सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको विवरण अनुसार कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६० प्रतिशत वृद्धि भएको छ ।

पुस मसान्तसम्म ५ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्षको यहि त्रैमासमा यसले ३ करोड ६३ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।

पुससम्ममा कम्पनीको खुद ब्याज आम्दानी ५४.१४५ ले बढ्दा सञ्चालन नाफा भने २३.२१५ ले घटेको छ । यो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६ करोड ४२ लाख रुपैयाँ राइट ब्याक गर्न सफल भएको छ । यसले गर्दा कम्पनीको नाफा बढेको देखिन्छ । हाल यसको चुक्ता पुँजी ८ करोड २१ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १५ करोड २८ लाख रुपैयाँ रहेको छ ।

यस्तै, कम्पनी आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले ३ लाख ९५ हजार ३३६ कित्ता शेयर आइपीओ निष्कासन गर्ने तयारी गरेको हो। उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डबाट आईपीओ निष्कासनको स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह