Logo

कृषि / सहकारी

दोस्रो त्रैमासमा डिप्रोक्स लघुवित्तको ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ खुद नाफा


GDP नेपाल
   १३ माघ २०७८, बिहिबार


डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले दोस्रो त्रैमासमा ३३ करोड ४४ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ४० लाख १ हजार नाफा कमाएकोथियो । गत वर्षको तुलनामा कम्पनीको नाफा ३.२३ प्रतिशतले बढेको हो ।

त्यस्तै, पूँजी वृद्धिको अनुपातमा खुद नाफा बढ्न नसक्दा वार्षिक प्रतिसेयर आम्दानी खस्किएको छ । चुक्ता पूँजी ३८ प्रतिशतले बढेको लघुवित्तको इपिएस १६.२४ रुपैयाँले घटेर ४८.२१ रुपैयाँमा झरेको हो । गत आवको यसै अवधिमा ६४.४५ थियो ।

चुक्ता पूँजी एक अर्ब ३८ करोड ७४ लाख ९८ हजार रहेको लघुवित्तको जगेडा कोष १३.२५ प्रतिशत बढेर १ अर्ब ३६ करोड २४ लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म लघुवित्तले ७ अर्ब ३९ करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन तथा ७ अर्ब ५४ करोड १० लाख रुपैयाँ सापटी गरी १७ अर्ब ९ करोड १० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । समीग्क्षा अवधिमा लघुवित्तको निक्षेप २७.८२ प्रतिशत, सापटी १०.४३ प्रतिशत र कर्जा लगानी २३.४७ प्रतिशत बढेको छ ।

यसबाट लघुवित्तले ७१ करोड ३० लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा ४७ करोड २९ लाख ९९ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

गत आवको यसै अवधिमा खुद ब्याज आम्दानी ६६ करोड १४ लाख ९१ हजार रुपैयाँ गर्दा सञ्चालन नाफा भने ९२ करोड ५१ लाख ६३ हजार ऋणात्मक थियो ।

 

प्रकाशित : १३ माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह