Logo

Banner-news

देशभर थप आठ हजार १७ जनामा कोरोना संक्रमण, १५ संक्रमितको मृत्यु



पछिल्लो २४ घण्टामा देशभर थप आठ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ७३६ जनामा पीसीआर परीक्षण गर्दा पाँच हजार ८१६ जनामा र छ हजार ७२ जनामा एन्टिजेन परीक्षण गर्दा दुई हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोही अवधिमा थप पाँच हजार २९२ जना डिस्चार्ज भएका छन् भने १५ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आल देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ रहेको छ ।

प्रकाशित : १३ माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह