Logo

Banner-news

दोस्रो त्रैमासमा ६४ प्रतिशतले बढ्यो पाँचथर पावर कम्पनीको नाफा


GDP नेपाल
   १७ माघ २०७८, सोमबार


पाँचथर पावर कम्पनीले चालू आर्थिक वर्षको दौस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले दोस्रो त्रैमासमा १४ करोड ७८ लाखभन्दा बढी नाफा कमाएको छ ।

गत वर्षको तुलनामा कम्पनीको नाफा ६४ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ८ करोड ९७ लाख नाफा कमाएको थियो ।

कम्पनीले विद्युत् विक्री बापत २६ करोड ३५ लाख आम्दानी गरेको छ भने १५ लाख ९१ हजार अन्य आम्दानी रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रहेको छ भने जगेडामा १० करोड २७ लाख सञ्चित छ । गत आवको दोस्रो त्रैमासमा कम्पनीको जगेडा कोष ५ करोड ४ लाख ऋणात्मक थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १५ दशमलव ३६, तरलता अनुपात ४ दशलमव ७६ प्रतिशत र प्रतिशेयर नेटवर्थ ११० दशलमव ६७ रहेको छ ।

प्रकाशित : १७ माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह