Logo

Banner-news

माघ २१ गतेभित्र खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण पठाउन निर्देशन



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय अनुसार हराएको २४ लाख डोज खोप खोज्नका लागि गठित छानबिन समितिले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका सबै व्यक्तिहरूको विवरण उपलब्ध गराउन सूचना जारी गरेको छ ।

सोमबार एक सूचना जारी गर्दै समितिले स्वास्थ्य सेवा विभाग अन्तरगतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहहरूलाई माघ २१ गते शुक्रबार दिउँसो ३ बजेदेखि ४ बजेभित्र तथ्याङ्क उपलब्ध गराउन निर्देशन दिएको हो ।

२४ लाख डोज खोप हराएको तथ्यांक बाहिरिएसँगै स्वास्थ्य मन्त्री विरोध खतिवडाले आइतबार स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेका थिए ।

प्रकाशित : १७ माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह