नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदिप अधिकारी नियुक्त भएका छन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको महानिर्देशकमा प्रदिप अधिकारीलाई नियुक्त गरेको हो । अधिकारीले आगामी बिहीबारदेखि चार वर्षका लागि पदभार सम्हाल्ने छन् ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को निर्णय नहुन्जेलसम्मका लागि गत पुस २५ गते प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरलाई निमित्त महानिर्देशक नियुक्त गरेको थियो।
प्रतिक्रिया