Logo

Sub-banner

आफ्नै भवनमा सर्दै चन्द्रागिरि नगरपालिका


GDP नेपाल
   १९ माघ २०७८, बुधबार


चन्द्रागिरि नगरपालिकाले यही माघ मसान्तभित्र आफ्नै नयाँ भवनमा सर्ने तयारी गरेको छ । यसका लागि चन्द्रागिरि– १२ स्थित गुर्जुधारामा करिव सात रोपनी जमिनमा प्रशासकीय भवन तथा अन्य संरचना निर्माणाधीन छन् ।

मौलिक एवं सास्कृतिक कलात्मक आँखि झ्याल संरचनाको छ तलाको सो भवन रु २५ करोड लागतमा सम्पन्न हुन लागेको हो । तीन रोपनीमा प्रशासनिक भवन र चार रोपनीमा बाह्य संचना बनिरहेको र सो रकम मध्ये जिल्ला समन्वय समिति काठमाडौँको रु १० करोड र बाँकी नगरपालिको आन्तरिक स्रोत रहेको जनाइएको छ ।

नगरप्रमुख घनश्याम गिरीले भन्नुभयो, “यही माघ मसान्तभित्रमा हामी नयाँ भवन सर्दैछौ । भवन उद्घाटनको तयारी हुँदैछ । ” बाल, जेष्ठ नागरिक र अपाङगता मैत्री भवनको भित्री संरचना कोठा, हल तयार गर्ने , छुट्याउने, रङ्गरोगन गर्ने तथा वाह्य संरचनामा बगैँचा बनाउने काम धमाधम जारी छ । समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख गिरीले विसं २०७६ मङसिर ११ गते संयुक्त रुपमा सो भवनको शिलान्यास गर्नुभएको थियो । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको सो भवन सम्झौता अनुसार विसं २०७८ बैशाखभित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड–१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ ।

नयाँ भवनबाट पशु सेवा कार्यलय बाहेक अन्य सेवा नगरबासीले एकीकृत रुपमा पाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अब नगरपालिकाको आफ्नै भवनबाट एकीकृत सेवा प्रवाह र विकास निर्माणको कामलाई अझ चुस्त, सरल, सहज र प्रभावकारी बनाउन सहयोग पुग्छ ।” यस अघि सो कार्यालयको भवन रु १ करोड ५७ लाख लागतमा निर्माण सम्पन्न भइसकेको जनाइएको छ ।

भूकम्पप्रतिरोधि र अग्नि नियन्त्रक उपकरण जटित सो प्रशासनिक भवनमा करिव २०० क्षमताको सभाहल सहित नगर प्रमुख, उपप्रमुख तथा प्रशासकीय अधिकृतका कार्यकक्षमा छुट्टै ‘मिनि मिटिङ हल’ तथा ‘अण्डरग्राउण्ड पार्किङ ’ को रहेको निर्माण कम्पनीका प्रतिनिधि बरुण केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो“निर्धारित मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्ने योजनामा काम भैराखेको थियो । कोरोना महामारीका बीचमा पनि स्वास्थ्य मापदण्ड अपनाएर निर्माणलाई निरन्तरता दिँदै आएका छौँ । भवनको ९५ प्रतिशत काम सम्पन्न भैसकेको छ । हस्तान्तरणको तयारीमा छौँ । ”

नगरपालिकाको १५ वडा मध्ये अधिकाशं वडा कार्यालयका आफ्नै भवन छन् । पछिल्ला समय वडा नं ३ र ४ वडाको नयाँ भवन निर्माण सम्पन्न भएको र वडा नं ७, ११ र ५ को जग्गा खरिद गरी भवन निर्माणका लागि आवश्यक काम अगाडि बढेको ननगरप्रमुख गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “नगरको भौतिक पूर्वाधार विकाससँगै नगरपालिका भवन तथा वडा कार्यालयका आफ्नै भवन बनाउने मेरो प्राथमितामा थियो । यस कार्यमा सफलता मिलेको छ । ”काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप,नयाँ भञ्ज्याङ,वाड भञ्ज्याङ, बलम्बु,महादेवस्थान,तीनथाना,सतुंगल, मातातीर्थ,मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ तत्कालीन गाउँविकास समिति मिलाएर सो नगरपालिका बनाइएको थियो ।

प्रकाशित : १९ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह