Logo

कृषि / सहकारी

७७ प्रतिशतले बढ्यो नेरुडे लघुवित्तको नाफा


GDP नेपाल
   २० माघ २०७८, बिहिबार


नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १३ करोड १६ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार गत वर्षको तुलनामा कम्पनीको नाफा ७७.३२ प्रतिशतले बढेको हो । कम्पनीले गत वर्ष यसै अवधिमा ७ करोड ४२ लाख २८ हजार रूपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ३५.७० प्रतिशतले बढेर ३३ करोड ६५ लाख ४२ हजार रुपैयाँ पुगेको छ । कम्पनीले गत वर्ष ११ करोड ७८ लाख २२ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेपनि दोस्रो त्रैमासमा भने सञ्चालन मुनाफा ११.२८ प्रतिशतले घटेर १० करोड ४५ लाख २८ हजार पुगेको छ । कम्पनीको चुक्ता पुँजी ६० करोड रुपैयाँ र जगेडा कोषमा ६३ करोड ३३ लाख ९० हजार रुपैयाँ सञ्चित रहेको छ ।

त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ४३ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ५७ पैसा रहेको छ । 

प्रकाशित : २० माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह