समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ५५ लाख २७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार गत वर्षको तुलनामा नाफा २.४४ प्रतिशतले घटेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ३ करोड ६४ लाख १३ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद व्याज आम्दानी भने ८७.९९ प्रतिशतले बढेर ११ करोड ७१ लाख ४४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष ३४ लाख ४३ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको कम्पनीले यस वर्ष एक करोड ९७ लाख ४४ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको गरेको छ । गत वर्षको तुलनामा कम्पनीको सञ्चालन मुनाफा ५७३ प्रतिशतले बढेको हो ।
कम्पनीको चुक्ता पुँजी ३४ करोड २७ लाख ४४ हजार रुपैयाँ र जगेडा कोषमा १४ करोड ४८ लाख ३१ हजार रुपैयाँ सञ्चित रहेको छ ।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २६ पैसा रहेको छ ।
प्रतिक्रिया