Logo

घुमफिर

मनाङको हुम्डे झरनामा ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण


GDP नेपाल
   २० माघ २०७८, बिहिबार


हिमाल चढ्न चाहने व्यक्तिका लागि टेवा पुग्ने भएकाले मनाङ ङिस्याङ गा–४ हुम्डेमा रहेको ‘हुम्डे झरना’मा लेबल १ अन्तर्गतको ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण दिइएको छ ।

हिमपातको समयमा पर्वतारोहण गर्ने पर्वतारोहीका लागि सहज हुने भएकाले प्रशिक्षण दिइएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिनुभयो । उहाँका अनुसार सो प्रशिक्षणमा पाँच प्रशिक्षार्थीको सहभागिता रहेको थियो । उनीहरुलाई दुई जना प्रशिक्षकले प्रशिक्षण दिएको अध्यक्ष घलेले बताउनुभयो । “पाँच जनालाई नौ दिनसम्म तालिम प्रदान गरिएको थियो । प्रशिक्षकहरूले प्रशिक्षणको अनुभव आदानप्रदानसमेत गर्नुभएको थियो”, उहाँले भन्नुभयो ।

नेपाल पर्वतारोहण प्रशिक्षण सङ्घद्वारा आयोजित प्रशिक्षणमा नेपाल नेशनल माउण्टेन गाइड एशोसिएशनको सहयोग रहेको छ । “आइस क्लाइम्बिङ प्रशिक्षणले पनि हिउँदमा पर्यटक तान्न टेवा पुर्‍याउनेछ । यसलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रयास गर्नेछौँ”, अध्यक्ष घलेले भन्नुभयो ।

तालिममा प्रशिक्षकले आफ्नो अनुभव बाँडेको र तालिम एकदमै सफल भएको तासी शेर्पाले बताउनुभयो । “तालिमले नयाँ अनुभव सँगाल्न र रोमाञ्चकसमेत बनाएको छ । आगामी दिनमा पनि यसलाई निरन्तरता दिएर एउटा साहसिक खेलका रूपमा विकास गर्न सके अझ महत्वपूर्ण हुनेछ”, उहाँले भन्नुभयो ।

यहाँ सशस्त्र प्रहरीले हाइ अल्टिच्युड र पर्वतारोहणका क्रममा हुनसक्ने जोखिममा सहयोग गर्नका लागि प्रशिक्षण केन्द्र पनि रहेको छ । मनाङको हुम्डेमा नेपाल पर्वतारोहण संघद्वारा विसं २०३७ मा मनाङ माउन्टेन रिङ स्कूल स्थापना गरिएको छ ।

प्रकाशित : २० माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह