Logo

Banner-news

देशभर थप ३ हजार १७५ जनामा कोरोना सङ्क्रमण, १४ को मृत्यु


GDP नेपाल
   २० माघ २०७८, बिहिबार


पछिल्लो २४ घण्टामा देशभर थप तीन हजार एक सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय पाँच जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा तीन हजार एक सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोही अवधिमा थप १४ संक्रमितको मृत्यु भएको छ । योसहित मृतकको कुल सङ्ख्या ११ हजार सात सय ७८ पुगेको छ । मन्त्रालयका अनुसार पटिल्लो २४ घण्टामा थप ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । यससंगै कोरोनाबाट निको हुनेको सङ्ख्या ८ लाख ८७ हजार चार सय ४३ पुगेको छ ।

हाल देशभर ६३ हजार दुई सय ९६ जना सक्रिय सङ्क्रमित रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा थप दुई लाख ६६ हजार पाँच सय ४० जनाले कोरोना खोप लगाएका छन् ।

प्रकाशित : २० माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह