Logo

Sub-banner

वर्षाका कारण करोडौंको इँटा क्षति


GDP नेपाल
   २१ माघ २०७८, शुक्रबार


पटक–पटकको वर्षाले गर्दा दाङमा करोडौँको इँटामा क्षति भएको छ । दाङ देउखुरी इँटा व्यवसायी सङ्घ दाङका अध्यक्ष प्रेमनाथ योगीका अनुसार यस अघि असोजमा भएको बेमौसमी बर्सात र त्यसयता विभिन्न समयमा भएका बर्सातले गर्दा तीन करोड बराबरको इँटामा क्षति भएको हो ।

“समय–समयमा वर्षा भइरहेको छ, यो वर्षाले हाम्रो इँटामा निकै क्षति पुर्‍यायो,” उहाँले भन्नुभयो, “अहिलेसम्म करिब तीन करोड क्षति भइसकेको छ ।” पकाउनका लागि तयारी अवस्थामा राखिएका इँटा पानीले भिजाउँदा नष्ट हुने गरेको उहाँको भनाइ छ ।

यसले गर्दा पनि यो वर्ष जिल्लामा इँटाको अभाव हुन सक्ने उहाँको भनाइ छ । जिल्लामा हाल ३५ वटा इँटा उद्योग छन् । यस वर्ष घाटा हुने देखिएपछि इँटा उद्योग बन्द हुने अवस्था आएको समेत उहाँको भनाइ छ ।

यसअघि मात्रै जिल्लामा इँटामा पानीले क्षति गरेपछि मूल्य वृद्धिसमेत गरिएको थियो । १ नं इँटाको प्रतिइँटा रु १६, २ नं इँटाको रु १२ र ३ नं इँटाको रु १० तोकिएको थियो । प्रत्येक इँटामा रु एक वृद्धि गरिएको छ । राज्यले बीमाको व्यवस्था नगर्दा पनि समस्या उत्पन्न भएको अध्यक्ष योगीले बताउनुभयो ।

प्रकाशित : २१ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह