Logo

मनोरञ्जन

रेखा थापाले गरिन् कोर्ट म्यारिज


GDP नेपाल
   २ फाल्गुन २०७८, सोमबार


चर्चित अभिनेत्री रेखा थापाले विवाह गरेकी छिन् ।

थापाले केही दिन अघि अमेरिकामा बस्दै आएका जाजरकोटका बलराम शाहीसँग कोर्ट म्यारिज गरेकी हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थापा र शाहीले केही दिन अघि मात्रै बिहे गरेको स्रोतले जनाएको छ । 

यसअघि चलचित्र निर्माता छविराज ओझासँग विवाह गरेकी थापाको १० वर्षअघि नै डिभोर्स भएको थियो ।

थापा पछिल्लो समय चलचित्र क्षेत्रमा मात्र नभएर राजनीतिमा पनि सक्रिय भएकी छिन् । गत मंसिरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिएकी थापा पराजित भएकी थिइन् ।

प्रकाशित : २ फाल्गुन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह